माइक्रोफाइनान्सको २ लाख ४० हजार कित्ता शेयर आउने

काठमाडौं, असोज २६ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको हकप्रद नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असोज २५ गते स्वीकृत भएको छ ।

कम्पनीले २ बराबर १ (२ः१) को अनुपातमा २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद जारी गर्नका लागि सेबोनबाट स्वीकृति पाएको हो ।

कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 5:40 am