शुक्रबार दुई कम्पनीले घोषणा गर्यो लाभांश

काठमाडौं, असोज २६ । शुक्रबार दुई कम्पनीले बोनस शेयर घोषणा गरेका छन् । शुक्रबार एनएमबि सुलभ इन्भेष्टमेण्ट र आरएमडीसी लघुवित्त घोषणा गरेको हो ।

एनएमबि क्यापिटलद्वारा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेण्ट फण्ड १ ले एकाइधनीहरुको लागि २१ दशमलव ०५२६३ प्रतिशतले नगद लाभांश वितरण गर्ने भएको छ । योजनाको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसैगरी शुक्रकार आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त भई साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ /Friday, October 12th, 2018, 8:45 pm