टेलिकमले ल्यायो दशैंमा आकर्षक अफर, ६ रुपैयामा ६० मिनेट भ्वाइसकल

काठमाडौं, असोज २४ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छः

अनलिमिटेड प्याकः यस अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । रू. ६०० मा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराएको छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (विहान ६ बजेदेखि राती १० बजेसम्म) र १ जीबी अफपिक आवर (राती १० देखि विहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र रू. ३०० मा समेत उपलब्ध हुनेछ ।

भ्वाइस प्याकः यस अन्तर्गत रू. ६ मा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिनेछ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिनेछ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।

डाटा प्याकः यस अन्तर्गत ३६ एमबी डाटा रू. ६ मा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यो अफर असोज २४ देखि कात्तिक ७ सम्म खरीद गर्न सकिनेछ ।

रिचार्जमा बोनसः आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने भएको छ । रू. १०० र २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र रू. ५०० र १००० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । रू. १०० र २०० को बोनस ३ दिन भित्र र रू. ५०० र १००० को बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने हुन्छ । त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र सो बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

एडीएसएल/एफटीटीएच/वाइम्याक्स तर्फ
आगामी असोज ३० देखि कात्तिक ६ गते सम्म एडीएसएल/एफटीटीएच/वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिनेछ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु भइरहने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, अशोज २४, २०७५ /Wednesday, October 10th, 2018, 4:48 am