सार्वजनिक हुनुपूर्व नै लिक भयो नोकिया ७.१ प्लसको सबै विवरण

नोकियाले अक्टोबर ४ मा सार्बजनिक गर्न लागेको भनिएको नोकियाको नया स्मार्टफोन ७.१ प्लस सार्वजनिक हुनुभन्दा पहिले नै यसको सबै विवरणहरु लिक भएको छ । चाइनिज वेबसाइट टीनामा TA-1131 नाममा सार्बजनिक गरेको तस्बिरमा यस स्मार्टफोनमा डुयुअल रियर क्यामेरा देखिएको छ ।

सार्बजनिक तस्बिरसंगै अरु डिटेल पनि बाहिरिएको छ । यसमा ६.१८ इन्चको टिएफटि डिस्प्ले रहनेछ । ४ जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज र ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज सहित नोकिया ७.१ प्लस दुइ भेरीएन्टमा उपलब्ध हुने बताइएको छ ।

यस स्मार्टफोनमा २.२ गिगाहर्जको स्न्यापड्रयागन ७१० प्रोसेसरको प्रयोग गरिएको छ ।

यो स्मार्टफोनमा ३४०० एमएएचको ब्याट्रिको प्रयोग गरिएको छ भने फोनको तौल १८५ ग्रामको रहने बताइएको छ । यस स्मार्टफोन रातो, सिल्भर र निलो कलरमा उपलब्ध हुने बताए पनि सार्बजनिक भएको तस्बिरमा भने यो कालो रङमा देखिन्छ ।

स्मार्टफोनमा २० मेगापिक्सलको सेल्फी क्यामेरा रहने अनुमान गरिएको छ भने पछाडिको भागमा १३ र १२ मेगापिक्सलको ड्युअल क्यामेराको प्रयोग गरिएको अनुमान छ । यसमा रियर क्यामरा भन्दा मुनि भागमा फिंगरप्रिन्ट स्क्यानरको प्रयोग गरिएको छ ।

प्रकाशित मिति: आइतवार, अशोज १४, २०७५ /Sunday, September 30th, 2018, 10:01 pm