दशैंको झल्को दिने ‘कति म सम्झुँ’ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौ, असोज ११ ।
नजिकिदै गरेको दशैँलाई झल्को दिने ‘कति म सम्झुँ बोलको बियोगान्त गीत सार्वजनिक भएको छ । कति म सम्झुँ बोलको बियोगान्त गीतलाई रामचन्द्र ढकालले लेखेका हुन् भने प्रकाश नेपालीले संगीत दिएका हुन् । नेपालीहरुको सबै भन्दा ठुलो चाड बडा दशै र तिहार नजिकिँदै गर्दा दशैंको झल्को दिँदै मेलिना राईको नयाँ गीत सार्बजनिक भएको हो ।

सार्बजनिक गीतलाई उत्सव दाहालले खिचेका हुन् भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । बि स्टार फिल्मस्को ब्यानरमा निर्माण गरिएको भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईवाको अभिनय रहेको छ । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
लामो समय सम्म एकैसाथ श्रीमान श्रीमतीले दशै मनाउँन नपाउँदाको पीडा समावेश गरिएको उक्त गीतमा कृष्ण महर्जनको संगीत संयोजन रहेको छ ।

 

प्रकाशित मिति: बिहिबार, अशोज ११, २०७५ /Thursday, September 27th, 2018, 8:27 am