ढकालले ल्याए दशैंको मार्मिक गीत (भिडियोसहित)

काठमाडौँ, असोज १० । रामचन्द्र ढकाल र माया नेपाल ढकालको “कति म सम्झुँ” बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । सुबिहानी फिल्मस्ले निर्माण गरेको गीतको म्युजिक भिडियो “धुर्मुस सुन्तली” युट्युब च्यानलमार्फत सार्वजनिक भएकोे हो ।

रामचन्द्र ढकालको शब्द र प्रकाश नेपालीको संगीत रहेको उक्त गीत मेलिना राईको मिठो स्वरमा सजिएको छ । उक्त गीतको म्युजिक भिडियोमा मरिष्का पोखरेल र रामकृष्ण वाईबाले अभिनय गरेका छन् भने भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।

उत्सव दाहालको छायाँकन र मिलन विश्वकर्माको सम्पादनमा निर्माण भएको उक्त गीतको संगीत संयोजन मन सि। किरणले गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, अशोज १०, २०७५ /Wednesday, September 26th, 2018, 4:12 pm