कोरियोग्राफर साईमन भन्छन, ‘चलचित्र बनावटमा सुधारौँ, विदेशमा नेपाली फिल्म उत्कृष्ट हुनेछ

काठमाडौ ।
नेपाली चलचित्रलाई अझ प्रभावकारी बनाउन दक्ष चलचित्रकर्मी आवश्यक रहेको बताइने गरेको छ । दक्ष चलचित्रकर्मी सँगसँगै चलचित्र राम्रो बन्नका लागि कथाबस्तु, पात्र, दृष्य सँगसँगै नृत्य पनि उत्कृष्ट हुन आवश्यक छ । यस्तै भनाई राख्ने साइमन राजवंसी पनि हुन् ।

लामो समय नेपाली हुँदै बलिउडमा समेत कोरियोग्राफिको काम गरीसकेका राजवंसीसँग चलचित्रमा कोरियोग्रापीको भूमिकामा केन्द्रीत भएर दैनिकीन्यूजका लागि राधा ढुंगानाले गरेको कुराकानी :

तपाईलाई फिल्मी उद्योगमा कोरियोग्राफि भनेर सवैले चिन्छन, आज भोली के गर्दै हुनुहुन्छ ?

सबैले चिन्छन खुशी लाग्छ अझै कै गर्नु पर्छ भन्ने प्ररणा पाउँछु यसबाट । अहिले म सौगत मल्ल र सलोन बस्नेत अभिनित फिल्म घन्चकर फिल्मको कोरियोगा्रफिमा म व्यस्त छु । दशैँ पछी २ वटा फिल्म बन्दै छ त्यसमा मेरो कोरियोग्राफी हुनेछ अनि अलि व्यस्त नै रहनेछु । र दर्शकहरुले मन पराईदिनुहुने छ भन्ने आशा राखेको छु ।

कोरियोग्राफी मार्फत बलिउडमा पूगुभयो, कत्तिको कठिन रहेछ बलिउडमा काम गर्न ?

मेरो यात्रा सुरु भएको चै नेपाली फिल्म बाट नै हो । मेरो बिल्कुलै पहिलो चलचित्र“सम्झी राख है ” नै हो । त्यहि बिचमा भोजपुरी फिल्महरु पनि गरे पटना गएर । त्यसपछी २०१४ मा मेरो आफ्नो सपना को नगरि मुम्बई पुगे । सङ्घर्श गरे, सजिलो त कँहा हुनु रु ४ वर्ष भित्र ५ फिल्महरु, एल्बमहरु, थुप्रै स्टेज शोहरु गरे । जसमा लेजेन्ड्री अन्नु कपुर सर, उर्बशी रोउटेला र जी टिभीमा कोरियोग्राफ गर्ने मौका पाए जुन मेरो लागी ठुलो कुरा हो । तर यो पाउनलाई नेपाली चलचित्रहरु कोरियोग्राफ गरेर त्यहा गएर काम पाउन एकदम नै गाह्रो थियो । त्यत्ति मात्र हैन भोजपूरी फिल्ममा कोरियोग्राफि गरेको थाहा पाउँदा त हिन्दी फिल्ममा स्थान पाउँन झनै गारो हुने रहेछ, किनकि म पनि भोजपुरी फिल्ममा कोरियोग्राफि गरेर गएको थिए । तर मेरो सर्टिफिकेटले काम गर्यो जुन सर्टिफिकेट मैले सिंगापूर २ वर्ष र चेन्नई ३ वर्ष बसेर पाएको थिए । ईन्डीया बलीउडमा काम गरेर अहिले नेपाल आएको छु । त्यहाबाट केहि फरक ज्ञान लिएर आएको छु । अब नेपालको फिल्मी क्षेत्रमा पनि मेरो योगदान रहनेछ । समग्रमा भन्नु पर्दा मेरो नेपाली र हिन्दी फिल्मा यत्रा चालु छ अहिले पनि । अहिले ४ वर्ष पछि नेपाल आँए, नेपाल आएपछिको मेरो पहिलो चलचित्र घन्चक्करबाट फेरी यात्रा सुरु भएको छ ।

कलिउड, बलिउड अनि फेरि कलिउडमै फर्कनुभएको छ, तपाईको अनुभवमा नेपालमा कोरियोग्राफीको अवस्था कस्तो छ ?

एउटै शब्द छ म सित यो प्रश्नको लागी अहिले हाम्रो नेपाली चलचित्रको काम गराइ र मेकिङ्मा पहिला भन्दा धेरै राम्रो भएको म मान्छु र अहिले एउटा गितको लागी हाम्रो प्रोड्युसरहरुले आवस्यकता र माग मिलाईदिनुहुन्छ । लोकेसनको लागि बाहिर जान गारो हुँदैन, दिल खोलेर भने जस्तो लोकेसन हामी कोरियोेग्रफरहरुले पाएका छौँ । भनेपछि अवस्था राम्रो छ अहिले । तर यसलाई नै पूर्ण रुपमा राम्रो छ भन्न सक्ने अवस्था छैन । अझै सुधार गर्नुपर्ने कुराहरु पनि छन् ।

पर्फम गर्ने र कोरियोग्राफिमा के फरक छ ? फिल्मी क्षेत्र या म्युजिक भिडियोमा लागेका कलाकार कत्तिको क्षमतावान छन् ?

पर्फमर भनेको एउटा राम्रो डान्सर हो र कोरेओग्रफर भनेको मेन्टल्ली डान्स बढी गर्छौँ । मेरो बलीउडको पनि मैले काम गरे र अनुभव भएकाले कलाकारको कुरा गर्दा बलीउडमा प्रवेश गर्नु अगाडी ४–५ वर्ष कलाकारहरु आफुलाई दक्ष बनाउन लाग्छन अनि मात्रै चाहे त्यो भिडियो होस, चाहे फिल्म होस, सवै कुरामा उनीहरु ऋाधारभुत सिकाई सकेर मात्रै यस क्षेत्रमा प्रवेश गरेको पाउँछु । तर नेपालको अवस्थामा कुरा गर्ने हो भने कोहि कलाकार बन्न चाहन्छ भने उ चलचित्र वा म्युजिक भिडियो आउन त्यत्ति गाह्रो हुँदैन । त्यहि भएर फरक धेरै छ नेपाली र वलीउड कलाकारहरुमा । जस्तो उदाहरणका लागि कुरा गरौँ, बलीउडका लेजेन्डरी अनु कपुर सर जसको म नजिक छु, उँहाले सानै उमेरमा घर छोड्नुभयो, मन्दीरमा वर्षौ ध्यान गर्नुभयो, लामो अध्ययन र अनुभव पश्चात बल्ल रंगमन्चमा आफ्नो भुमिका निर्वाह गर्नुभयो त्यसपछि मात्रै उहाँ फिल्मी क्षेत्रमा प्रवेश गर्नुभयो भनेपछि हाम्रो कलाकारमा त्यो अध्ययन, संघर्ष र त्याग कमै पाईन्छ । र मैले बलीउड र नेपाली फिल्ममा मैले यो चै फरक पाएँ, जुन कोरेओग्राफी गर्ने तरिका एउटौ छ तर त्यहाँको टेक्निकल टिम धेरै दक्ष पाए, कारण के भने एउटा चाय बाला पनि सजिलै पुगेको हुँदैन त्या ।

नेपाली फिल्मलाई अझै सुधार्नुपर्ने बताउनुभयो ? अन्तराष्टिय स्तरमा नेपाली फिल्मलाई प्रमोट गर्न के गर्नुपर्ला ?

हेर्नुस म आफुलाई अझै सानै ठान्छु, म कोरियोग्राफि गरिरँहदा आफुलाई कोरियोफरको एक विद्यार्थी हुँ भन्न रुचाउँछु । छोटी मुह बढी बात होला तर पनि मेरो बिचारमा फिल्मी क्षेत्रमा समय सँगै सुधार त चहिन्छ नै । हुन त अहिलेका फिल्महरुले विदेशी भुमिमा पनि स्थान राम्रै पाउन थालेका छन् । अझै राम्रो कथा अनुसार दक्ष कलाकार छनौट भएमा अझ बढि हाम्रो फिल्मी उद्योगको सान बढ्ने थियो । जस्तो १ हजारमा ५ जनाले मात्रै काम गर्ने मौका पाउँछन् बलीउडमा भने हामीले पनि त्यो प्राक्टीस गर्न सक्नुपर्छ ।

तर, नेपाली फिल्महरु बढीजसो बलिउडकै नक्कल गरिन्छ भन्ने आरोप छ ?
हैन हैन, हामी पुरा नेपाली दर्शक माझ काँ पुग्न सकेका छौ र ? हामी आज नेपाली दर्शक देशको आधा जनता मात्र हेर्दिए हाम्रो नेपाली चल्चित्र को मुहारै बेग्लै हुन्थियो होला । दर्शक हलसम्म आउनु भनेको सिधा फाइदा फिल्म मेकिङ जान्छ, अनि मेकिङ राम्रो भए पछी संसार भरि आफ्नो पहिचान बनाउन सक्छौ र जहाँसम्म बहिरको सिकोको कुरा तपाईले गर्नुभयो हो यो आरोप लाग्ने गरेको छ तर हो हामी अरु बलीउडमा भन्दा कमै नक्कल गरेको मलाई लाग्छ । र म त भन्छु राम्रो कुराको खुलेर नक्कल गर्नु पनि पर्छ ।

पछिल्लो समय नेपालमा कोरियोग्राफिको भविष्य कस्तो छ ?

धेरै राम्रो छ अहिले । म ४ वर्षपछी फर्किदा धेरै नै फरक पाए । आज गीतको मेकिङ हेर्दा बाहिरको मेकिङ सित तुलना गर्न सक्ने भएको छौँ । लण्डन, युएइ नेदरल्याण्ड, थाईल्याण्ड, सिंगापुर जस्ता अन्य धेरै देशका शहरहरुमा गएर सुटिङ गर्नु एक किसिमले गर्ब र अन्य देशका चलचित्रसँग प्रतिष्पर्धा गर्नु जस्तै हो मलाई चै यस्तो लाग्छ ।

अन्त्यमा यो क्षेत्रमा आइपुग्न कत्तिका चुनौति सामना गर्नुपर्यो ?

बिचमा संघर्ष त धेरै गरियो, मलाई खासमा बलीउडमा चै प्रवेश गर्न धेरै गाह्रो भयो । एक वर्ष आफुलाई चिनाउनमा नै समय बित्यो, अनि बल्ल प्रवेश पाए र पहिलो प्रवेश फिचर फिल्मबाट नै पाएँ त्यो एउटा ठुलो अवसर पनि थियो । डान्सरको यात्रा आज भन्दा २२ बर्श अगाडी सुरु गरेको थिए । नृत्य प्रशिक्षक भएर २० बर्ष काम गरे र कोरियोग्राफर भएर काम गरेको ७ बर्ष भयो । यसै बिचमा प्रशिक्षण लिने मौका मिल्यो जसलाई म गड मदर मान्छु, उँहा हुनुहुन्छ पुर्व सांसद तथा मिसेस राज्य लक्ष्मी गोल्छा । जति पनि तालिम लिए सिंगापुर, चेन्नई उँहाको माध्यमबाट नै हो र पारिवारिक सहयोग पनि धेरै रह्यो र म अहिले आफुलाई कोरियोग्राफर भनेर चिनाउन पाउँदा गर्ब लाग्छ ।

प्रकाशित मिति: बुधबार, अशोज १०, २०७५ /Wednesday, September 26th, 2018, 5:56 am