विप्लव नेतृत्वको नेकपा प्रवक्ता प्रकाण्ड रिहा

काठमाडौं, असोज ९ ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रिहा भएका छन् । विप्लव नेतृत्वको नेकपाका नेतालाई सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीश अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको हो ।

प्रकाण्डलाई सर्वोच्चले अदालतले रिहा गर्न आदेश दिएको यो छैठौँ पटक हो । सर्वोच्चले यसअघि रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।
रिहा भएपछि माइतीघर मण्डला पुगेका प्रकाण्डलाई नेकपाका कार्यकर्ताले स्वागत गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, अशोज ९, २०७५ /Tuesday, September 25th, 2018, 7:34 pm