मंगलबार दुई कम्पनीले प्रस्ताव गर्यो लाभांश (सूचिसहित)

काठमाडौं, असोज ९ । मंगलबार दुईवटा कम्पनीहरुले लाभांशको प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गर्ने कम्पनीहरुमा नेपाल कम्यूनिटी डेभलपमन्ट बैंक र ओरिण्टियल होटल्स लिमिटेड रहेका छन् ।

नेपाल कम्यूनिटी डेभलपमन्ट बैंकले लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति १६५ औं बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनस शेयर र ६।४२ प्रतिशत नगद गरी ७।४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृति र बैंकको कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । हाल कम्पनीको ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ रहेको छ ।

त्यसैगरी ओरिण्टियल होटल्स लिमिटेडले २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । होटल्स कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस शेयर र ११।३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । हाल कम्पनीको ९३ करोड ४२ लाख ३६ हजार ३८७ रुपैयाँ रहेको छ । कम्पनीको एकाइसौं वार्षिक साधारण सभा कार्तिक १२ गते बिहान ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा हने भएको छ । जसको लागि असोज १९ गतेदेखि कार्तिक १२ गते सम्म यस कम्पनीको शेयर दाखेल खारेज कार्य बन्द हुने भएको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज ९, २०७५ /Tuesday, September 25th, 2018, 3:49 pm