कालिका पावरको आइपीओ बुधवार बाँडफाँड हुने

काठमाडौ, असोज ८ । कालिका पावरको आइपीओ बुधवार बाँडफाँड हुने भएको छ । आर्इपिओमा माग भन्दा साढे सात गुणा बढी आवेदन परेको थियो ।

कम्पनीले ११ लाख १६ हजार कित्ता शेयर माग आवेदन गरेकोमा सर्वसाधारणबाट ८३ लाख ९३ हजार कित्ता शेयरको आवेदन परेको थियो ।

१ लाख २२ हजार आबेदनबाट सो माग परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार उक्त सेयरको बाँडफाँड बुधबार हुनेछ ।

कम्पनीले भदौ २८ गतेदेखि असोज १ गते सम्म कूल १२ लाख कित्ता आर्इपिओ निष्काशन गरेको थियो । आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन गर्न सकिने व्यवस्था थियो ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 8:38 pm