सरकारले प्रेसलाई घेराबन्दी गर्न पाउँदैन

इलाम, असोज ८ । पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले पछिल्लो समयमा मुलुकमा अशान्ति र महँगी बढेको बताएका छन् ।

प्रेस युनियन इलामको आठौँ अधिवेशनका लागि यहाँ आइपुगेका श्रेष्ठले वर्तमान सरकारले प्रेसलाई घेराबन्दी गर्न खोजेको आरोप लगाए । कांग्रेस नेता भीष्मराज आङ्देम्बेले कांग्रेस सच्चिनका लागि भातृसङ्गठन व्यवस्थित गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 4:41 pm