मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं, असोज ८ । मंगलबारदेखि यातायात व्यवस्था विभागले दशैंमा घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ ।

यसअघि असोज ५ गतेदेखि अग्रिम टिकट खुला गरिने भनिएको पनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीहरुले अग्रिम टिकट गर्न मानेका थिएनन् ।

यसअघि कम्पनीका दर्ता भएका केही बस व्यवसायीहरुले फाट्टफुट्ट बुकिङ थालेपनि समिति अन्तर्गत रहेका व्यवसायीहरुले नेपाल यातायात व्यवसायी महासंघले निर्णय नगरेको भन्दै बुकिङ थालेका थिएनन् ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 3:44 pm