खुल्यो दशैको अग्रिम टिकट !

काठमाडौं, असोज ८ । दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलिबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
यसअघि ५ गतेबाट गर्ने भनिएको अग्रिम टिकट बुकिङ इन्धनमा भएको मूल्यबृद्धि का कारण देखाउँदै यातायात व्यावसायीले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 3:38 pm