गुण र दोषका आधारमा सरकारलाई सहयोग

पाल्पा, असोज ८ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारलाई संविधान कार्यान्वयनका विषयमा सहयोग गरिने बताएका छन् । उनले सरकारको गुण र दोषका आधारमा काङ्ग्रेसले सरकारको विरोध र सहयोग गर्ने स्पष्ट गरे ।

नेपाल प्रेस युनियन पाल्पाद्वारा सोमबार बिहान तानसेनमा आयोजित पत्रकार सम्मेलनमा नेता थापाले सरकारले समयभित्र कानून बनाउने विषयमा नेपाली काङ्ग्रेसले मद्दत गर्ने बताए ।

यसैबीच प्रेस युनियन पाल्पाका नवनिर्वाचित पदाधिकारीले पदस्थापना गरेका छन् । युनियनका पदाधिकारीलाई पूर्वमन्त्री थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । रासस

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 3:25 pm