नेपाल किन आउँदैछन् भारतीय प्रधानमन्त्री मोदी !

काठमाडौं, असोज ८ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरी नेपाल नेपालको भ्रमण गर्ने भएका छन् । बिम्स्टेक सम्मेलनका बेलामा काठमाडौं आएका मोदी नोभेम्बरको अन्तिम साता नेपाल भ्रमणमा आउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
मोदीको यो पटकको नेपाल भ्रमण राजनीतिक र धार्मिक हुने दुताबासले पुष्टि गरेको छ ।

नेपाल भ्रमणमा आउँदा मोदीले यसपटक लुम्बिनीको भ्रमण गर्ने निश्चित भएको छ ।
उनी नेपालको लुम्बिनी भ्रमण गर्न इच्छुक भएपनि भ्रमणमा जान सकेका थिएनन् ।

सोही कारण यसपटक लुम्बिनी भ्रमणलाई विशेष प्राथमिकतामा राखेर मोदी नेपाल भ्रमण गर्दैछन् । मोदी बैशाखमा प्रदेश नम्बर दुई्को जनकपुरलाई केन्द्रीत गरेर नेपाल भ्रमणमा आएका थिए ।
अहिलेको उनको भ्रमण पनि लुम्बिनी केन्द्रीत हुने भएको हो ।

मोदीले नेपाल भ्रमणका क्रममा को को सँग उच्चस्तरीय भेट गर्छन भन्ने खुलाइएको छैन, उनको नेपाल भ्रमणको नेपाल सरकारले कस्तो तयारी गर्दैछ भन्ने बारेमा पनि खुलाइएको छैन ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 9:28 am