नोकियाले Nokia 9 सहित अन्य नया फोनहरु सार्बजनिक गर्दै ??

कुनै समय मोबाइल फोनको दुनियामा एकछत्र राज गंरेको नोकियाले नया फोन सार्बजनिक गर्न लागेको छ । नोकिया ब्रान्डमा मोबाइल फोन बनाउने कम्पनि एचएमडी ग्लोबलले अक्टोबर ४ को दिनमा हुने इभेन्टको लागि निमन्त्रणा पठाउन सुरु गरेपछि यो खबर बाहिरिएको हो ।

एचएमडी ग्लोबलले पठाएको निमन्त्रणा पत्रमा नया फोनहरु सार्बजनिक हुने जनाए पनि कुन कुन फोनहरु सार्बजनिक हुने भन्ने बारे भने खुलाइएको छैन ।

तर यस दिनमा नोकिया ७.१ प्लस( Nokia 7.1 Plus) र नोकिया नाइन( Nokia 9) सार्बजनिक हुने धेरैको अनुमान छ । यी फोनहरुको बारेमा हिजो आज निक्कै चर्चा भैरहेका छन् र विभिन्न रिपोर्ट तथा तस्बिरहरु पनि बाहिरीएका छन् ।

केहि समय अघि नोकियाले नोकिया एट सिरोक्को (Nokia 8 Sirocco) सार्बजनिक गरेको थियो तर प्रायले: नोकियाबाट अझै वास्तविक फ्ल्यागशिप फोन खोजिरहेका छन् । त्यसैले होला नोकियाले अब सार्बजनिक हुने फोनहरुको बारेमा धेरैले धेरै अनुमान गरेका छन् ।

बाहिरिएका रिपोर्ट अनुसार Nokia 7.1 Plusमा २ वटा रियर क्यामरा हुनेछ भने Nokia 9 मा ५ वटा रियर क्यामरा हुनेछ । दुवै फोनको क्यामरा जेसिस ब्रान्डमा हुनेछ । Nokia 7.1 Plusमा Snapdragon 710 चिपसेट प्रयोग हुनेछ भने Nokia 9 मा Snapdragon 845 चिपसेट हुनेछ ।
नोकियाको दुवै फोनमा ८ जीबी र्याम हुने छ भने दुवै फोनमा एन्ड्रोइडको पछिल्लो भर्सन Android v9.0 (Pie) को प्रयोग हुनेछ ।

प्रकाशित मिति: सोमवार, अशोज ८, २०७५ /Monday, September 24th, 2018, 11:38 pm