निर्माण व्यवसायी महासंघमा सिंहको नेतृत्व

काठमाडौं, असोज ७ । नेपाल निर्माण व्यवससायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन्। नेपाली काँग्रेस निकट सिंहले नेकपा निकट यक्षध्वज कार्कीलाई पराजित गरेका छन् ।

वरिष्ठ उपाध्यक्षमा सिंह प्यानलकै निकोलस पाण्डे, एशोसियट्स उपाध्यक्षमा आङ दोर्जी लामा, महासचिवमा रोशन दाहाल, कोषाध्यक्षमा हिरण श्रेष्ठ, आन्तरिक उपमहासचिवमा नरहरी थपलिया र नीतिगत उपमहासचिवमा टंक चौलागाई निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा सिंह प्यानलकै हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सरस्वती कार्की निर्वाचित भएका छन् ।

प्रत्येक प्रदेशबाट एउटा उपाध्यक्ष निर्वाचित गरेको महासंघको साधारणसभाले प्रदेश १ मा धिरेन्द्र कुमार दाहाल, प्रदेश २ मा सुरेन्द्र प्रसाद सिंह, प्रदेश ३ मा पेम्बा लामा, गण्डकी प्रदेशमा राजेन्द्र पहारी, प्रदेश ५ मा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा राम बहादुर खड्का र प्रदेश ७ मा टेक बहादुर सेठ्ठी उपाध्यक्ष निर्वाचित गरेको छ।

नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । मतदानमा ९३७ मत खस्नुपर्नेमा ९०८ मत मात्रै खसेको थियो ।

प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५ /Sunday, September 23rd, 2018, 10:59 am