उपत्यका बन्दको प्रभाव: स्कुल कलेज ठप्प, केही सवारी संचालन

प्रतिकारात्मक तस्बिर

ललितपुर,असोज ७ ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी प्रवक्ता प्रकाण्डलगायतका शिर्ष नेताहरूकाे गिरफ्तारी विरुद्ध गरेको उपत्यका बन्दको प्रभाव छिट्पुट देखिएको छ । उपत्यकाका ग्रामीण भेगमा यातायात साधन चलेका छैनन भने निजी तथा सामुदायिक कलेज र बिद्यालय पुरै बन्द छन ।

नेकपाले उसका पार्टी प्रवक्ता प्रकाण्ड सहित पाेलिटब्युराे, केन्द्रिय सदस्य तथा सबै तहका नेता–कार्यकर्ताको गैरकानुनी तथा गैरन्यायिक गिरफ्तारीको विरुद्ध उपत्यका बन्द गराएको हो ।

बन्दको बिज्ञप्ति क्याम्पस, स्कुलमा समेत पुर्याएकोले सबै कलेजहरुले डराएर बन्द गराउन बाध्य भएको बताएका छन । उपत्यका ब्युरोको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा गिरफ्तारीमा परेका नेता–कार्यकर्ताहरूलाई यथाशीघ्र स–सम्मान रिहाइको गर्न माग गरिएको छ ।

पछिल्लो चरण प्रवक्ता प्रकाण्डलाइ देशभरका कारागारमा विभिन्न आरोपमा थुनेपछी विप्लव सरकारसङ्ग आक्रोशित छ । ओली–प्रचण्ड सरकारले नेपाललाई यतिखेर अघोषित रूपमा युद्धग्रस्त क्षेत्र बनाइरहेको उसले आरोप समेत लगाएको छ ।

ओली सरकारले पक्राउ गरेका नेताहरु प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिरहेको भन्दै तत्काल रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

बन्द कार्यक्रमलाई सफल बनाउन उपत्यकाभित्र रहेका सम्पूर्ण राष्ट्रवादी कर्मचारी, शैक्षिक संस्था, उद्योग, कलकारखाना, यातायात क्षेत्रलगायतलाइ सोही कारण बन्द भएको बताएको ।

प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५ /Sunday, September 23rd, 2018, 6:42 am