सामसुङले सार्वजनिक गर्याे तिन रियर क्यामरा भएकाे स्मार्टफाेन, कति पर्छ त मुल्य ?

साउथ कोरियन स्मार्टफोन कम्पनी सामसुङले तिन वटा रियर क्यामरा भएको स्मार्टफोन सार्बजनिक गरेको छ । ग्यालेक्सी ए सेरिज अन्तर्गत ग्यालेक्सी A7 को २०१८ भर्सन अन्तर्गत कम्पनीले तीनवटा क्यामरा भएको स्मार्टफोन सार्बजनिक गरेको हो ।

फोटोग्राफीलाइ लक्षित गर्दै सार्बजनिक गरेको Galaxy A7 (2018)मा फिंगरप्रिन्ट भने फोनको साइडमा राखिएको छ ।

ग्यालेक्सी ए सेभेन को यस भर्सनमा ६ इन्चको फुलएचडी (FHD+ resolution)रेजुलेशन भएको स्क्रिन रहेको छ । Galaxy A7 (2018) मा २ दशमलब २ जी एच जेड अक्टा कोर एक्जाइनोज प्रोसेसर प्रयोग भएको छ ।

४ जीबी र ६ जीबी र्यामको २ भर्सनमा उपलब्ध हुने यस फोनमा ६४ र १२८ जीबी इन्टरनल स्टोरेज उपलब्ध हुने बताइएको छ ।

फाेटाेग्राफीकाे कुरा गर्दा Galaxy A7 (2018) मा एफ १.७ अपार्चर भएको 24 मेगापिक्सल एउटा क्यामरा, एफ २.४ अपार्चर भएको ८ मेगापिक्सलको अर्को क्यामरा र अपार्चर एफ २.२ भएको ५ मेगापिक्सल क्यामरा सहित तिन वटा रियर क्यामरा रहेको छ भने सेल्फिको लागि २४ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ ।

यसमा ३३०० एमएच को ब्याट्री प्रयोग गरिएको छ ।

नेपालमा Samsung Galaxy A7 2018को मूल्य तथा उपलब्धता

ग्यालेक्सी ए सेभेन -२०१८ को अन्तराष्ट्रिय मूल्य ४१० अमेरिकी डलर रहेको छ । नेपालमा यसको मूल्य ५० हजारको हाराहारीमा हुनसक्ने अनुमान गर्न सकिन्छ । नेपालमा यो फोन दशैँ तिहारको बिचमा उपलब्ध हुने बताइएको छ ।

Samsung Galaxy A7 2018 Specifications:

  • Operating System: Android Oreo 8.0 with Experience UI
  • Display: 6.0- inches Super AMOLED 18.5:9 ratio
  • Protection: Corning Gorilla Glass (Unspecified)
  • Resolution: 1080 x 2220 pixels
  • CPU: Octa-core 2.2 GHz Cortex-A53
  • Chipset: Unspecified
  • GPU: Unspecified
  • RAM: 4 or 6 GB
  • Storage: 64 or 128
  • Rear Camera: 24 MP f/1.7 primary sensor, 8 MP f/2.4 aperture wide-angle lens and 5 MP f/2.2 depth sensor
  • Front Camera: 24 MP f/2.0 with HDR
  • SIM (s): Single SIM (Nano-SIM) or Dual SIM (Nano-SIM, dual stand-by)
  • Battery:  Non-removable Li-Ion 3300 mAh battery (Micro USB 2.0)
  • Connectivity: Wi-Fi 802.11 a/b/g/n/ac, dual-band, WiFi Direct, hotspot
  • Sensors: Fingerprint (side-mounted), accelerometer, gyro, proximity, and compass.
प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 7:49 pm