यस्तो छ ‘छक्का पन्जा ३ ’को ट्रेलर

यो बर्षको प्रतिक्षित चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर रिलिज भएको छ । चलचित्रका यस अगाडिका २ वटा गीतले राम्रो प्रतिक्रिया पाएका कारण पनि यसको ट्रेलर सबैका लागि प्रतिक्षामा थियो । सार्बजनिक गरिएको पहिलो गीत “पहिलो नम्बरमा” धेरै नै हिट भइसकेको छ ।

युट्युबमा सार्बजनिक भएको यो गीत हाल सम्म एक करोड ३३ लाख भन्दा धेरै पटक हेरिसकिएको छ भने अर्को गीत “पछी उमेर ढल्कन्छ” पनि १९ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।

केदार प्रसाद घिमिरे ( माग्ने बुढा)र जितु नेपाल ( मुन्द्रे) कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ पनि दीपाश्री निरौलाले नै निर्देशन गरेकी छन । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, निर शाह, किरण केसी, विल्सन राइ,लगायतका कलाकारलाइ देख्न सकिन्छ ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रको ट्रेलरमा प्रयोग गरिएका संवादहरुले दर्शकलाइ हसाँउनेछन् । छक्कापन्जाको अघिल्ला २ चलचित्रमा बैदेशिक रोजगारको बिषय उठान भए पनि यस पटक भने नेपाल भित्रैको कथा उठान भएको ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्रमा दीपकराज गिरीको पटकथा, विपिन मल्लको सम्पादन, मान कृष्ण महर्जन र शेर बहादुर लामाको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । दशैको अवसर पारेर असोज २४ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 11:32 am