खड्का निर्माण व्यवसायी महासंघको सह-कोषाध्यक्ष

ललितपुर, असोज ६ । नेपाल निर्माण व्यवासायी महासंघको सहकोषाध्यक्षमा नमराज खड्काले उम्मेदवारी दिएका छन् । ललितपुर निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका खड्कालाई सबै व्यवसायीको साथ रहेको बताइन्छ ।’ निर्माण क्षेत्रमा खड्का एक जना इमान्दार व्यक्ति हुन्, उनी महासंघको नेतृत्वमा आउनुपर्छ’, सिन्धुपाल्चोकका एकजना निर्माण व्यवसायीले भने ।
लामो समय निर्माण क्षेत्रमा सक्रिय रहेका खड्का राजनीतिक र सरकारी निकायसँगको पहुँचमा रहेका व्यक्तिका रुपमा चिनिन्छन् । महासंघको शनिबार हुने निर्वाचनमा नेपाल निर्माण व्यवसायी संगठनको तर्फबाट उम्मेदवार बनाइएका खड्काले आफूलाई बाह्र हजार पाँच सय व्यवसायीले मतदान गर्ने विश्वास लिए । दैनिकीन्यूजसँग कुरा गर्दै खड्काले भने,’ निर्माण व्यवसायीलाई ठेकेदार भनेर अपमान गरिन्थ्यो,अहिले त्यो नीतिगत रुपमै हटाउन आफूले भूमिका खेलेको छु ।’
संगठनको तर्फबाट उम्मेदवार रहेका सबै जनालाई जिताउन आग्रह गर्दै उनले भने, हामीले महासंघकाृ विकासका लागि काम गर्ने हो, अब महासंघ र सरकारबीच समन्वय गरेर अघि जानुपर्ने आवश्यकता रहेको छ ।
महासंघको बीसौ महाधिवेशन बिहिबार सुरु भएको हो, नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने महाधिवेशनले प्रदेश कमिटि पनि चयन गर्नेछ ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 9:14 am