सरकारले खुर्सिदलाई सहिद घोषणा गर्ने

काठमाडौं, असोज ६ ।

अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका सुनसरीका खुर्सिद अन्सारीलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।
बिहिबार दिउँसो अज्ञात समूहद्धारा गोली प्रहारबाट मृत्यु भएपछि सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

अन्सारीको मृत्युपछि स्थानीयका साथै मुस्लिम अगुवाले मृतकलाई सहिद घोषणा गर्दै छानबिन समिति बनाएर घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए ।

त्यस्तै सरकारले पीडित परिवारलाई राहत स्वरुप १० लाख दिने निर्णय गरेको छ भने अन्सारीबारे छानविन गर्न प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा गृह मन्त्रालयले पाँच सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 7:03 am