शुक्रबार तीन कम्पनीले घोषणा गर्यो लाभांश (नामसहित)

काठमाडौं, असोज ५ । शुक्रबार तीनवटा कम्पनीले लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गर्नेमा मन्जुश्री फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक र नेशनल माइक्रोफाइनान्स रहेका छन् ।

मञ्जुश्री फाइनान्स लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीको असोज ५ गते बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यसैगरी कञ्चन डेभलपमेन्ट बैंकले गतआर्थिक बर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको असोज ४ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५ प्रतिशत बोनस र ६ दशमलव २९ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ।

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । माइक्रोफाइनान्स कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीहरुले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र फाइनान्स कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज ५, २०७५ /Friday, September 21st, 2018, 3:01 pm