ङादी पावरको साधारणसभा बिहीवार, कति दिने भयो लाभांश ?

काठमाडौं, असोज ४ । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले बिहीवार ५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीका शेयरधनीहरुका लागि १० प्रतिशत कर बाहेक नगद लाभांशको प्रस्ताव सहित कम्पनीले सभा बोलाएको हो । सभाको अन्य प्रस्तावमा गत वर्ष ३० प्रतिशत हकप्रद जारी गर्ने निर्णय भए पनि हालसम्म जारी नगरिएकाले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने रहेको छ ।

सभा बिहान ११ बजे अमृतभोग क्याटरर्स, डिल्लीबजार, काठमाडौंमा शुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १४ गते बुक क्लोज गरेकाले भदौ १३ गतेसम्म कायम सदस्यहरु मात्र साधारण सभामा भाग लिन र नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहिबार, अशोज ४, २०७५ /Thursday, September 20th, 2018, 7:19 am