रु. १०० मै २५ लाख कित्तामा आवेदन दिने बिहीवार अन्तिम दिन

काठमाडौं, असोज ३ । भदौ १ गतेदेखि निष्कासन गरेको सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ ।

कम्पनीले असोज ४ गतेसम्मका लागि हाल कायम चुक्तापूँजीमा १ बराबर १ दशमलव ६७ को अनुपातमा २५ लाख कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । यो हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार २७ गते स्वीकृति पाएको थियो । हकप्रद प्रयोजनका लागि कम्पनीले साउन २१ गते बुक क्लोज गरेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयर स्वामित्व रहेका शेयरधनीहरुले मात्र यस हकप्रद भर्न पाउनेछन् ।

कहाँबाट आवेदन दिने ?
हकप्रद खरीदका लागि काठमाडौं क्यापिटल मार्केट लिमिटेड काठमाडौं, सिटी एक्सप्रेस फाइनान्स लिमिटेडको प्रधान कार्यालय र उपत्यका बाहिरका उदयपुर र झापाको शाखा कार्यालयका साथै आश्वा सेवामा सहभागी सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, अशोज ३, २०७५ /Wednesday, September 19th, 2018, 8:12 pm