मन्त्रीपरिषद बैठकले यस्ता गर्यो निर्णय (भिडियो)

काठमाडौ, भाद्र ३१ । सरकारले नेपाल वायु सेवा निगमको अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेको छ । आइतबार राती अबेरसम्म सिहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले खरेललाई  निगमको कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यसैगरी बैठकले बैयक्तिक हक सम्बन्धी व्यवस्थालाइ संसोधन पनि गरेको सुचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
बैठकले नेपालगन्जमा रहेको कपास उद्योगको नाम परिवर्तन गरेको छ । राष्ट्रिय कपास विकास समिति बनाइएको छ ।

साथै मन्त्रीपरिषदको बैेठकले विभिन्न व्यक्तिहरुलाई विभुषण गर्ने सम्बन्धि पनि निर्णय गरको छ । उखु उत्पादक कृषकलाई ६५ रुपैयाँ तोकिएको छ ।

यस्तै मुलुकी फौजदारी अपराध संहिताको अनुसूचि हेरेफेर गर्नुका साथै संशोधन पनि गर्ने निर्णय भएको छ । अब सबै प्रकारका ठगी मुद्दाको वादी नेपाल सरकार हुनेगरी संशोधन गरिएको सरकार प्रवक्ता बास्कोटाले जानकारी दिए ।

भिडियो स्रोत : सबिन धमलाको फेसबुक

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 10:49 pm