सरकारद्वारा जग्गा प्लटिङ प्रतिवन्धको घोषणा !

काठमाडौं, भाद्र ३१ ।

कृषि योग्य क्षेत्रमा प्लटिङ हुन थालेपछि सरकारले त्यसलाई प्रतिवन्ध लगाउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनालले कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

आइतबार राष्ट्रिय किसान आयोगका पदाधिकारीसँगको छलफलमा उनले कृषियोेग्य जमिनलाई प्लटिङ हुन नदिन सरकारले भू–उपयोग नीति ल्याउने तयारी गरिरहेको पनि स्पष्ट पारे ।

मन्त्री खनालले कृषि मुलुकको अर्थतन्त्रको मूख्य आधार भएकाले पनि कृषियोग्य जमिन खण्डिकर गर्न दिन नमिल्ने बताए । उनले कृषियोग्य जमिनको उचित परिचालनका लागि आवश्यक सुझाव दिन आयोगलाई पनि आग्रह गरे ।

मन्त्री खनालले कृषि सामग्री संस्थान, खाद्य संस्थान, चिया तथा कफी विकास बोर्ड, कृषि अनुसन्धान परिषदको कामकार्वाही पारदर्शी नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 10:14 pm