नेपालद्वारा अफगानिस्तान पराजित, सागर र शर्राफको उत्कृष्ट प्रदर्शन

काठमाडौँ, भदौ ३१ । भारतको लखनउमा जारी उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो ।

एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो ।

यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने । सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २/२ विकेट लिए ।

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई/दुई विकेट लिए ।

फाइनल पुग्न चुकेको नेपाल र अफगानिस्तान तेश्रो स्थानको प्ले अफको लागि मंगलबार पुनः आमने सामने हुनेछन् भने भारत यू–१९ ए र बी टिमले सोहि दिन फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 5:34 pm