नेरुडे लघुवित्तले गर्यो बोनस र नगद डबल अफर, कति दिने भयो ?

काठमाडौं, भदौ ३१ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर र नगद लाभांश प्रस्ताव गरेको छ । लघुवित्तले २० दशमलव ७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

लघुवित्तको भदौ ३० गते बसेको संचालक समितिको बैठकले गत वर्षको नाफाबाट र प्रिमियम रकमबाट लगानीकर्ताहरुलाई १५ प्रतिशत बोनस शेयर र ५ दशमलव ६९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताहरुले पाउनेछन् ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 4:14 pm