आइतबार पनि दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा पनि वृद्धि

काठमाडौँ, भदौ ३१ । गत साताको अन्तिम कारोबार दिन बिहिबार १४ दशमलब १३ अंकले बढेको नेप्से आज आइतबार पनि दोहोरो अंकले बढेको छ । नेप्से गत हप्ताको मंगलबारबाट बढ्न सुरु गरेको थियो ।

नेप्से मंगलबार ६ दशमलब ७७ अंकले बढेर १ हजार २ सय १७ दशमलब ६५ अंकमा पुगेको नेप्से बुधबार भने १३ दशमलब ०६ अंकले बढेर १ हजार २ सय ३० दशमलब ७१ अंकमा पुगेको थियो ।

आज आइतबार भने नेप्से ११ दशमलब ६९ अंकले बढेर १ हजार २ सय ५३ अंकमा पुगेको छ ।

नेप्से संग यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ । बिहिबार १ सय ७३ कम्पनीको २७ लाख ११ हजार १ सय १० कित्ता शेयर खरिदबिक्री हुँदा ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँको कारोबार भएको थियो भने आइतबार १ सय ६६ कम्पनीको ३० लाख ७० हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा ९१ करोड ५२ हजार ९२ सय २०४ रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबै उपपरिसूचकहरुमा हरियाली छाएका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समूह ४८ दशमलव ५ अंकले बढेको छ । त्यस्तै उत्पादक तथा प्रशोधन समूहमा २६ दशमलव ५१ अंकले, विकास बैंक समूहमा २० दशमलव ८९ अंकले, निर्जीवन बीमा समूहको २० दशमलव १८ अंकले, बैंकिंग समूह १३ दशमलव ७१ अंकले, लघुवित्त समूह ८ दशमलव ३१ अंकले, जलविद्युत समूह ६ दशमलव ५४ अंकले, होटल समूह ४ दशमलव ३५ अंकले, फाइनान्स समूह ३ दशमलव ११ अंकले र अन्य समूह शुन्य दशमलव ५४ अंकले बढेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भएको छ । जसको ७ करोड १४ लाख ४ हजार १९१ सय रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ५२ प्रतिशतले बढेको छ ।

सर्वाधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंक, ताराँगाँउ रेजेन्सी होटल र समित माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ प्रतिशत भन्दामाथिले घटेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 3:27 pm