युनान पुगे नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, भदौ ३१। चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले युनान पुगेका छन् ।

आज स्थानीय समय अनुसार बिहान पाँच बजे ग्वन्झाओबाट चुनचिङ्ग शहरको अवलोकनमा पुगेका प्रचण्डलाई विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

चुनचिङ्ग शहर चिनियाँ क्रान्तिका बेला चर्चित वार्ता भएको स्थान हो । अहिले भने अध्यक्ष प्रचण्ड युनान पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले युनानमा अहिले चिनियाँ क्रान्तीका बेला माओले आधार इलाकाका रुपमा बिकास गरेका विभिन्न क्षेत्रको अवलोकन गर्नेछन ।

अध्यक्ष प्रचण्डलाई युनानका मेयरले भव्य स्वागत गरेकी थिइन । चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा अध्यक्ष प्रचण्ड हिजो ग्वान्झाओ पुगेका थिए ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 2:28 pm