कोटेश्वर र काँडाघारी प्रभागका प्रहरी प्रमुख फेरिए

काठमाडौं, भदौ ३१ । काठमाडौंको कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ जना प्रहरी घुससहित समातिएपछि दुवै प्रभागका सम्पूर्ण प्रहरी टोली फेरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्ट्रिङ अपरेशनमा ठूलो संख्यामा प्रहरी समातिएपछि प्रहरी प्रधान कार्यालयले काटेश्वर र काँडाघारी प्रभागको नेतृत्व परिवर्तन गरेको हो ।

कोटेश्वर प्रहरी प्रभागको नेतृत्व प्रहरी निरीक्षक एलिजा गिरी र काँडाघारी प्रभागको नेतृत्व प्रहरी निरीक्षक सुधिर राईलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 12:44 pm