एक्सेल डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश

काठमाडौं, भदौ ३१ । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले लगानीकर्ताहरुलाई १७ प्रतिशत नगद लभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको २१३ औ बैठकले १७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ को १७ प्रतिशतले हुन आउने ११ करोड ७७ लाख ५४ हजार ५६५रुपैयाँ नगद लाभांश दिन लागेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउनेछन ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 12:36 pm