बोटलर्स नेपाल बालाजुको नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

काठमाडौं, भदौ ३१ । बोटलर्स नेपाल बालाजुको २० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबारअन्तिम दिन हो । यस कम्पनीले साधारण सभा गर्न असोज १ गते सोमबारदेखि बुक क्लोज गर्दैछ ।

कम्पनीले असोज १५ गते साधारण सभा बोलाएको छ । असोज १ देखि साधारण सभा हुने दिनसम्म बुक क्लोज हुनेछ । यसआधारमा अब यस कम्पनीको नयाँ लगानीकर्ता बनेर लाभांश पाउन आइतबारसम्ममा सेयरधनी बनिसक्नुपर्नेछ । साधारण सभा होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा बिहान १० बजे हुनेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको आय विवरण, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको आर्थिक प्रतिवेदनमा छलफल गर्ने विशेष प्रस्ताव लैजाने भएको छ । यसैगरी, लेखपरीक्षक नियुक्त गर्ने तथा गत आवका लागि लाभांश सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 12:04 pm