लघुवित्तको ६ लाख कित्ता शेयरमा आवेदन दिने आइतबार अन्तिम दिन

काठमाडौं, भदौ ३१ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको २५० हकप्रद शेयरमा आवेदन दिने आइतबार अन्तिम दिने हो । । लघुवित्तले गत साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । लघुवित्तल २५० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त हकप्रद शेयरमा गत साउन ६ गतेसम्म शेयर स्वामित्व कायम रहेका सेयरधनीहरुले मात्र भर्न पाउनेछन् ।

कहाँबाट आवेदन दिने ?
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 11:59 am