कति प्रस्ताव गर्यो सूर्योदय लघुवित्तले लाभांश दिने ?

काठमाडौं, भदौ ३१ । सूर्योदय लघुवित्ती वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ । लघुवित्त कम्पनीले लगानीकर्ताहरुलाई ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले ४५ प्रतिशतलाभांश वितरण गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजीको ४२ दशमल ७५५ प्रतिशतले हुन आउने ३ करोड २३ लाख १९ हजार रुपैयाँको बोनस शेयर र २ दशमलव २५५ प्रतिशतले हुन आउेन १७ लाख १ हजार रुपैयाँ नगद गरी कुल ४५ प्रतिशत लाभांश दिन लागेको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउनेछन् ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 11:52 am