ह्वात्तै घट्यो सुनको भाउ

काठमाडौँ, भदौ ३१ । नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबार चापवल सुन प्रतितोला ५८ हजारमा कारोबार भएकोमा आइतबार भने तोलामा ४ सयले घटेर ५६ हजार ६ सय रुपैया तोकिएको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार तेजाबी सुनको मूल्य प्रति तोला ५६ हजार ३ सय रहेको छ ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रति तोला ७ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आइतबार भने रु ५ ले घटेर प्रति तोला ७ सय १० तोकिएको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 10:59 am