प्रकाण्डलाई म्याद थप गरेर हिरासत राख्ने उदयपुर प्रहरीको तयारी

उदयपुर, भाद्र ३१ ।
नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई म्याद थप गरेर हिरासत राखिने भएको छ । शनिबार राजधानी काठमाडौँबाट उदयपुर प्रहरीमा पुर्याइएका उनको आइतबार अदालत खुल्ने बित्तिकै पेश गर्ने तयारी भएको छ । यसअघि प्रकाण्डलाइ काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएका थिए । उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार प्रकाण्डले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आइतबार म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको हो ।
यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 8:56 am