ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

काठमाडौँ, ३१ भदौ ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल ९मगर०, मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन ब्राउन सुगर, नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 7:19 am