काठमाडौ सफाई गर्न आयो जेट मेसिन

काठमाडौं, भाद्र ३१ ।
काठमाडौं महानगरपालिकाले सरसफाई गर्न ५ वटा जेट मेसिन सञ्चालनमा ल्याएको छ । १३० हर्सपावर क्षमता र युरो मापदण्ड ४ बमोजिमका जेट मेसिन ५ हजार लिटर क्षमताका रहेको महानगरपाालिकाले जनाएको छ ।
जेटमा सफा र फोहोर पानी राख्न मिल्ने दुईवटा ट्याङ्की रहेका छन् । हरेक वर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर महानगरपालिकाले जेट मेसिनहरु प्रयोगमा ल्याएको हो ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 8:29 am