मिसिए दुई निर्माण संगठन

काठमाडौं, भाद्र ३०।
एमाले र माओवादी केन्द्र निकट निर्माण व्यवसायीहरुको एकता भएको छ । आज काठमाडौंमा दुई संगठनबीच एकता घोषणा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सयुक्त रुपमा गरेका हुन् । नेकपाको जिल्ला र जनवर्गीय संगठनमा एकता विवाद भइरहेका बेला निर्माण व्यावसायीहरु भने एक भएका हुन् । एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उहाँले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत बाधक भएको बताए ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ठूला ठेकेदारहरुको एकाधिकार तोडेर सबैले समानरुपमा काम गर्न पाउने वातावरण बनाउने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ /Saturday, September 15th, 2018, 6:19 pm