देवचुली प्रदशेकै पहिला बालमैत्रीे नगरपालिका घोषित

नवलपरासी,भाद्र ३० ।
नवलपरासीको देवचुली नगरपालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको छ । नेपालकै पहिलो बालमैत्री नगरपालिका भने पश्चिम नवलपरासीकै सुनवल नगरपालिका भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधिमा ब्यवस्था भएका सूचकहरु पुरागरी बालमैत्री नगरपालिका घोषणा गरेको हो । नगरपालिकालाई बालमैत्री घोषणा गर्नु पूर्व बालबाललिकाको जन्म, मृत्यु दर्ता, खोपको सबै चरणको सुनिश्चित, निकृष्ट बालश्रम उन्मुलन, विद्यालयमा छात्रा शौचालयको अलग ब्यवस्था, आधारभूत तहको शिक्षाको अवसरमा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रकृयामा बालबालिकाको सहभागिता लगायतका ४३ वटा सूचकांक पूरा गरेपछि नगरपालिका बालमैत्री घोषणा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खडकाले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ /Saturday, September 15th, 2018, 6:10 pm