निजगढ बिमानस्थल दुई हजार हेक्टरमा निर्माण हुने, जम्मा दुई लाख मात्रै रुख मासिने

काठमाडौं, भाद्र २९ ।

सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ ।
वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताउनुभयो ।
विमानस्थलको कूल क्षेत्रफल आठ हजार हेक्टर भएपनि विमानस्थलका लागि दुई हजार हेक्टर मात्रै प्रयोग गरिने उहाँले दाबी गर्नुभयो ।
सात लाख बढी रुख काटिने र त्यसले वातावरणीय रुपमा ठूलो जोखिम निम्त्याउने तर्क शतप्रतिशत गलत रहेको मन्त्री अधिकारीको भनाई छ । सरकारले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०७५ /Friday, September 14th, 2018, 6:32 pm