बाह्र हजार निर्माण व्यावसायीलाई समान अवसर दिनेछु– यक्षध्वज कार्की, अध्यक्षका उम्मेदवार (भिडियो अन्तर्वार्ता)

इन्जिनियरिङमा ब्याचलर, अन्तराष्ट्रिय राजनीति शास्त्रबाट एम ए गरेका यक्षध्वज कार्की, नेपाल निर्माण व्यावसायी महासंघको पूर्व अध्यक्ष हुन् ।
कानुनमा विएल गरेका उनी निर्माण व्यवसायमा नीतिगत सुधार हुनुपर्छ भन्ने विषयमा वकालत गर्दै आएका छन् । पछिल्लो समय निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा नगर्दा आलोचना खेप्नुपरेको बताउने उनी महासंघको आसन्न महाधिवेशनका लागि उनै व्यावसायीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेका छन् ।
१२ हजार भन्दा बढी सदस्य रहेको महासंघको आगामी असोज ४, ५ र ६ गते महाधिवेशन काठमाडौंमा हुँदैछ ।
स्थापनादेखि निर्माण व्यावसायीले गरेका कामहरु गुणस्तरीय हुनुपर्छ भनेर वकालत गर्दै आएका उनी महासंघलाई राजनीतिक प्रभावमा नपारी प्रतिष्पर्धी र व्यावसायिक बनाउनुपर्छ भन्ने मत अघि सार्दै आइरहेका छन् ।
अध्यक्षका प्रत्याशी कार्कीले निर्माण क्षेत्रमा रहेका पन्ध्रसय भन्दा बढी व्यक्तिहरुलाई निर्माणको जिम्मा दिनुपर्ने बताइरहेका छन् । कुनै व्यक्तिहरुले टन्नै निर्माणको जिम्मा लिने र कुनैले नपाउने व्यवस्थालाई समन्व गरी काम गर्ने सबैलाई अवसर दिनुपर्ने उनको भनाई छ ।
पछिल्ला दिन सरकार र व्यावसायीबीचमा समन्वय अभाव हुँदा समस्या आएको बताउने उनी सरकार, व्यवसायी देश बनाउने काममा हातेमालो गरेर अघिबढ्नुपर्ने बताउँछन् । निर्माण क्षेत्रमा रहेका कतिपय समस्या, जटिलताको समाधान गर्न आफुले उम्मेदवारी दिएको बताउने उनै कार्कीसँग महासंघलाई गतिशील र समय सुहाउँदो बनाउन के छन्, योजना भन्ने विषयमा दैनिकीन्युजले गरेको कुराकानी ।

प्रकाशित मिति: मङ्लबार, भदौ २६, २०७५ /Tuesday, September 11th, 2018, 12:32 pm