‘छक्का पन्जा ३’को दोस्रो गीत ‘पछी उमेर ढल्कन्छ’ सार्वजनिक

काठमाडौँ, भदौ २५ । चलचित्रको पहिलो गीत पहिलो नम्बरमा सार्बजनिक गरेर निक्कै चर्चामा रहेको रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘पछी उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ ।

गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर, अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

यस चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, निर शाह, शिवहरि पौडेल, किरण केसी, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ । दशैंमा रिलिज हुन लागेको यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ले सार्वजनिक भएको छोटो समयमा नै १ करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ २५, २०७५ /Monday, September 10th, 2018, 12:59 pm