दुई वर्षमा २२ तले धरहरा बनिसक्छ–रमन महतो (भिडियो अन्तर्वार्ता)

काठमाडौं, भाद्र १९ । २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त भएको नेपालको ऐतिहासिक सम्पदा धरहरा निर्माण गर्न टेण्डर खुलेसँगै यसको निर्माण प्रक्रिया सुरु भएको छ । २२ तल्ले, अत्याधुनिक रुपमा निर्माण गरिन लागेको धरहरा निर्माणको केहीदिन अघि खोलिएको टेण्डरमा रमन कन्ट्रक्सनले ठेक्का पारेको छ ।

धरहरा निर्माणको ठेक्का पाएको रमन कन्ट्रक्सनका रमन महतोले भनेको समयमै धरहरा बनिसक्ने बताएका छन् । मंगलबार दैनिकीन्यजसँग कुरा गर्दै कार्यकारी निर्देशक महतोले सरकारी झन्झट, अन्य प्राविधिक समस्या नआए सम्झौता गरेकै दिनदेखि काम सुरु गरेर निर्माणलाई तीव्रता दिने बताए ।

उनले आफ्नो पहिलो प्रयास धरहरालाई समयमै निर्माण गरिसक्नु भएको बताउँदै नेपालको प्रतिष्ठा, नेपालीको लगानी परेको धरहरालाई गुणस्तरीय रुपमा निर्माण गर्ने दाबी गरे । सरकारले गरेको इष्टमेटभन्दा एक अर्व कममा ठेक्का पारेपनि गुणस्तरीय रुपमा निर्माण गर्न समस्या नपर्ने उनको दाबी छ । प्रस्तुत छ रमन कन्ट्रक्सनका कार्यकारी निर्देशक रमन महतोसँग धरहराको निर्माण बारेमा केन्द्रीत भएर गरिएको कुराकानी ।

प्रकाशित मिति: मङ्लबार, भदौ १९, २०७५ /Tuesday, September 4th, 2018, 3:48 pm