नेपाली संगीतमा जम्दै गायक तथा संगितकार पुरुषोत्तम दाहाल

काठमाडौं, भदौ ९ । नेपाली सांगितिक जगतका जम्दै छन् गायक तथा संगितकार पुरुषोत्तम दाहाल । हालै उनले हिन्दु नारीको महान पर्व तिजको अबसरमा एउटा फरक मौलिक गीत लिएर बजारमा आएका छन् ।

जुन गीतको शब्द तथा संगीत गितकार पछिल्लो समयमा मार्मिक शब्द सृजना गर्न अब्बल मान्दै राम्रो स्थान बनाउदै आईरहेका गितकार घमन रानाले लेखेका गीत सुन्त ओइ सुन्तली मेरा बुडा झड्के अ‍ैले चर्चामा रहेको छ । । गीत सबै राम्रा हुन्छन तर यो गीत, यो सृजना र शब्द फरक ।

यस गितले एउटा मौलिकपन र यथार्थ छर्लङेगै पारेको देखिन र सुन्न सकिन्छ । यस गीतलार्इ सागर बिरहीले संगीत भरेका हुन भने गीतमा स्वर दिने कलाकारमा टेन्सन भो टेलिसिरिएलका प्रोडुसर पुरुषोत्तम दाहाल र शान्ता पारियारले आवाज दिएका छन ।

यस भिडियो कमेडी छ, र गितको भिडियोमा अभिनय गर्ने टेन्सन भो टेलिसिरिएलका मुख्य भूमिकामा खेल्ने पात्र प्रोडुसर कर्ण प्रिया धिताल (झड्के) र त्यही सिरिएलको अर्की कुसल कलाकार सुमी रार्इ र सुन्तलीको भूमिका सिभा, र हर्केको भूमिकामा जि बी पाण्डेको अभिनय देख्न्न सकिन्छ ।

यो भिडियो म्युजिक नेपालको युटुब च्यानलमा देख्न, सुन्न सकिन्छ । गीत मार्मिक र समय सान्दर्भिक छ । तसर्थ यो गीत अत्याधिक चर्चामा पुग्न सफल होस दैनिकीन्युजको तर्फबाट शुभकामना ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५ /Saturday, August 25th, 2018, 3:57 pm