युनियन हाईड्रोपावरको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन

काठमाडौं, साउन २८ । युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने सोमार अन्तिम दिन हो । कम्पनीले साउन १४ देखि साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि प्रति शेयर १ सय अंकित दरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र ९आयोजना अति प्रभावित तथा प्रभावित क्षेत्र अर्थात् अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मध्येनेपाल नगरपालिका वडा नं। ८, ९, १०, वेशिसहर नगरपालिका वडा नं। ५ सुन्दर बजार नगरपालिका वडा नं। ११ र कास्की जिल्लाको रुपमा गाउँपालिका वडा नं। १ तथा प्रभावित क्षेत्र लमजुङ जिल्लामा स्थायी बसोबास बासिन्दाहरुको निमित्त निष्काशन गरेको छ ।

आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ति गरेको छ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आवेदन फारम सिभिल बैंक लिमिटेड मालिङ, वेशिसहर, गौंडा, भुलभुले रैनास शाखा, कैलाश विकास बैंकको भोर्लेटार शाखा, ग्लोबल आईएमई बैंक लिमिटेडको भोर्लेटार शाखा, कामना सेवा विकास बैंकको दुईपिप्ले, ओम डेभलपमेन्ट बैंक लिमिटेड भोटेओडार, वेशीशहर, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड भोर्लेटार, सनराइज बैंक लिमिटेड वेसीशहर र युनियन हाईड्रोपावरको आयोजनास्थल मध्य नेपाल नगरपालिकामा आवेदन दिन सकिनेछ ।

कम्पनीले इक्रा नेपालबाट क्रेडिट रेटिङ ५ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था कमजोर आधारहरु जनाउँछ । ।

प्रकाशित मिति: सोमवार, साउन २८, २०७५ /Monday, August 13th, 2018, 8:00 am