४ गुणासम्म बढ्यो तरकारीको भाउ

काठमाडौं, साउन २८ । बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।

समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ।

आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो। समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ सामान्यतः कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ।

तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रुपमा बढेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति: सोमवार, साउन २८, २०७५ /Monday, August 13th, 2018, 7:39 am