नेइमारको गोलमा पिएजीको शानदार शुरुवात

काठमाडौं, साउन २८ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले विजयी शुरुवात गरेको छ। लिगअन्तर्गत हिजो राती भएको खेलमा काइनमाथि ३-० को शानदार जित निकाल्दै पिएसजीले विजयी शुरुवात गरेको हो।

पिएसजीको जितमा नेइमार, एड्रियन राबिओट र टिमोथी वेहले गोल गरेका थिए। घरेलु मैदान पार्क डि प्रिन्सेसमा भएको खेलमा पिएसजीले नेइमारको गोलबाट अग्रता लिएको थियो।

यस्तै खेलको ३५ औं मिनेटमा एन्जल डि मारियाको पासमा एड्रियन रोबिओटले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए। खेल सकिन एक मिनेट बाँकी हुँदा नेइमारको स्थानमा मैदान छिरेका टिमोथी वेहले गोल गर्दै पिएसजीलाई ३-० को शानदार जित दिलाए। जितसँगै पिएसजीको लिगमा तीन अंक भएको छ ।

प्रकाशित मिति: सोमवार, साउन २८, २०७५ /Monday, August 13th, 2018, 7:34 am